सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, २० दिनको म्याद माग

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ।

Advertisement

विभागले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि मंगलबार अदालतसँग २० दिनको म्याद माग गरेको हो।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद कारोबार देखिएको दाबी विभागले गरेको छ। सोही सिफारिसका आधारमा उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो।

पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। उनलाई सड्क मार्ग हुँदै मंगलबार बिहान काठमाडौँ ल्याएर सिधै अदालत पेश गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री