
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोत अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई प्रहरीले मंगलबार सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको हो।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले पौडेललाई मंगलबार नै म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ। उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले ललितपुरस्थित उनको निवासमा समेत छापा मारेको थियो।
पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताए। विभागले उनको वित्तीय कारोबारमाथि लामो समयदेखि निगरानी गरिरहेको बुझिएको छ।









प्रतिक्रिया