
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्न थालेपछि ४ करोड रुपैयाँ सङ्कलन भएको छ ।
बक्यौता रकम बुझाएर उद्योगीहरूले पुनः लाइन जोड्न थालेसँगै उक्त रकम सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले बताए ।
कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेको छ । बक्यौता रकम बुझाउन आउने उद्योगहरूको तत्कालै पुनः लाइन जोड्ने काम पनि भइरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण यो अभियान दुई दिन रोकिएको छ । सूचना अधिकारी भण्डारीका अनुसार सोमबारदेखि मात्रै लाइन काट्ने कार्यलाई पुनः निरन्तरता दिइनेछ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको करिब १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । तोकिएको समयमा बक्यौता रकम नबुझाउने अन्य सबै उद्योगको समेत विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ ।










प्रतिक्रिया