
फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले नयाँ इतिहास रचेका छन्। खेलमा तीन गोल गरेसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका हुन्।
यसअघि विश्वकपका विभिन्न संस्करणमा गरी क्लोजले १६ गोलको ऐतिहासिक कीर्तिमान आफ्नो नाममा सुरक्षित राखेका थिए। अब मेस्सीको पनि विश्वकपमा कुल गोल सङ्ख्या १६ नै पुगेपछि यी दुई दिग्गज फुटबलर संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिएका छन्।
अल्जेरियाविरुद्धको खेलमा मेस्सीले १७औं, ६०औं र ७०औं मिनेटमा गोल गर्दै आफ्नो जादुमय प्रदर्शन देखाएका थिए। यो जितसँगै अर्जेन्टिनाले प्रतियोगितामा बलियो सुरुवात मात्र गरेन, मेस्सीको खेल जीवनमा यो विश्वकपको पहिलो ह्याट्रिक समेत बन्यो।
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा अब मेस्सी क्लोजसँगै उभिएका छन्। जारी विश्वकपमा अर्जेन्टिनाले अझै खेलहरू खेल्न बाँकी रहेकाले मेस्सीले यो कीर्तिमान तोडेर एकलौटी आफ्नो नाममा बनाउने बलियो सम्भावना देखिएको छ।










प्रतिक्रिया