हाल्याण्डको चम्काइ: २८ वर्षपछि विश्वकप फर्किएको नर्वेको सानदार सुरुवात

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ गोलअन्तरको सानदार जित दर्ता गरेको छ ।

Advertisement

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको प्रतिस्पर्धामा उत्कृष्ट रक्षापंक्ति र आक्रामक रणनीति अपनाएको नर्वेसामु इराकी टोली निरिह देखिए।

सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलिरहेको नर्वेले यस जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । नर्वे अहिले गोलअन्तरका आधारमा फ्रान्सलाई पछि पार्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

हाल्याण्डको दुई गोल

नर्वेको जितमा स्टार स्ट्राइकर एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गरे। हाल्याण्डले खेलको २९ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

इराकका आयमन हुसेनले ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए पनि त्यसको ४ मिनेट लगतै हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ७६ औं मिनेटमा लियोले हेडमार्फत तेस्रो गोल गर्दै नर्वेको अग्रता फराकिलो बनाए।

इराकको कमजोर रक्षापंक्ति

Advertisement

विश्वकप जस्तो ठूलो मञ्चमा इराकको फितलो प्रर्दशनले मैदानमा उपस्थित समर्थकहरूलाई निकै निराश बनाएको छ । खेलको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा इराकका खेलाडीबाट आत्मघाती गोल भएपछि नर्वेले ४-१ को जित सुनिश्चित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री