विश्वकप फुटबल : जापानको उत्कृष्ट पुनरागमन, नेदरल्यान्ड्ससँग अङ्क बाँड्यो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक खेलमा जापानले नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । अमेरिकाको डल्लास स्टेडियममा सोमबार भएको खेलमा जापानले अन्तिम समयमा गोल फर्काउँदै हार टारेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय रह्यो ।

दोस्रो हाफमा तीव्र प्रतिस्पर्धा

Advertisement

खेलको ५०औँ मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । जापानका केइतो नाकामुराले ५७औँ मिनेटमा ताकेफुसा कुबोको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

नेदरल्यान्ड्सले पुनः आक्रामक खेल प्रदर्शन गर्दै ६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलको गोलमार्फत २–१ को अग्रता बनाउन सफल भयो ।

ओगावाको निर्णायक गोल

खेल नेदरल्यान्ड्सको पक्षमा जाने देखिए पनि ८९औँ मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गरेपछि स्टेडियममा उपस्थित दर्शक स्तब्ध भए । ओगावाको यो निर्णायक गोलसँगै जापानले खेललाई २–२ को स्थितिमा पुर्‍यायो ।

Advertisement

अन्तिम समयमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्सले निश्चित जितको अवसर गुमायो भने जापानले उत्कृष्ट पुनरागमन गर्दै १ अङ्क जोड्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री