बिहीबार, ५ असार २०८२

इजरायल–इरान तनाव : परराष्ट्र मन्त्रालयले जारी गर्‍यो ट्राभल एडभाइजरी

समयपोष्ट २०८२ असार ४ गते २२:२६

Advertisement

इजरायल र इरानबीच जारी बढ्दो तनावका बीच परराष्ट्र मन्त्रालयले ती मुलुकहरूमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै मन्त्रालयले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमै बस्न र अनावश्यक रूपमा घर बाहिर ननिस्कन निर्देशन दिएको हो।

इजरायल–इरान तनाव पछिल्ला दिनहरूमा जटिल मोडतर्फ अघि बढिरहेकाले विभिन्न मुलुकहरूले आफ्ना नागरिकहरूलाई ती देशहरू नछोड्न वा हाललाई यात्रा नगर्न चेतावनी दिइरहेका छन्। सोही सन्दर्भमा नेपाल सरकारले पनि नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै यो अपील जारी गरेको हो।

परराष्ट्र मन्त्रालयले जारी सूचनामा भनिएको छ, “नेपालीहरूले तोकिएको समय र स्थान बाहेक बाहिर ननिस्कनु, इजरायली सरकारले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्नु, स्थानीय नेपाली समुदायसँग सम्पर्कमा रहनु र नेपाली दूतावास तथा मन्त्रालयसँग नियमित रूपमा सम्पर्कमा रहनु जरुरी छ।”

मन्त्रालयले संकटका अवस्थामा उद्धार तथा सहायता कार्य प्रभावकारी बनाउन राजदूतावासको वेबसाइटमा रहेको अनलाइन फारम भर्न पनि अनुरोध गरेको छ। साथै, इजरायल वा इरानतर्फ जान योजना बनाइरहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न समेत आग्रह गरिएको छ।

Advertisement

नेपालबाट मध्यपूर्वका अन्य देश हुँदै इजरायल वा इरान जाने तयारीमा रहेका नेपालीहरूलाई हालको अस्थिर परिस्थितिमा यात्रा स्थगन गर्न सुझाव दिँदै मन्त्रालयले स्वेच्छाले नेपाल फर्कन चाहने नेपालीहरूलाई तेस्रो मुलुकमार्फत फर्कनुपर्ने हुनसक्ने जनाएको छ। यस्तो अवस्थामा ट्रान्जिट भिसाको आवश्यकता पर्न सक्ने भएकाले त्यसको सहजीकरणका लागि सरकार तयार रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री