आइतबार, १ असार २०८२

निजी विद्यालयलाई कम्पनी र गुठी दुवै विकल्पमा सञ्चालन गर्न प्रस्ताव

समयपोष्ट २०८२ जेठ ३१ गते १३:२७

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई कम्पनी वा गुठी दुवै ढाँचामा सञ्चालन गर्न सकिने गरी प्रस्ताव अघि सारेको छ।

शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार निजी विद्यालयहरूलाई यी दुई विकल्पमार्फत सञ्चालन गर्न दिने प्रस्ताव गरिएको हो। विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा मन्त्रालयले यो धारणा राखेको छ।

शिक्षा समितिको आजको बैठकमा मन्त्री पन्तले निजी विद्यालयका लागि कम्पनी वा गुठीमा जाने दुई विकल्प प्रस्तुत गरिएको बताए। उनले भने, “कम्पनीमा जानेलाई कम्पनी र गुठीमा जानेलाई गुठीमा जान दिने गरी प्रस्ताव गरिएको छ।”

मन्त्री पन्तले निश्चित अवधिका लागि गुठीमा मात्र सीमित गर्दा सिन्डिकेटको जोखिम रहने र नयाँ विद्यालय सञ्चालनमा बाधा पुग्न सक्ने बताए। उनले थपे, “निजी विद्यालयहरूलाई सरकारले कडाइका साथ नियमन गर्नुपर्छ। कडा नियम बनाएर उनीहरूलाई त्यसभित्र ल्याउनुपर्छ। गुठीमा जानेलाई कर छुटलगायतका सुविधा दिएर प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री