बिहीबार, ५ असार २०८२

अन्त्येष्टिका लागि अमेरिका जान नपाएको परिवारको गुनासो

समयपोष्ट २०८२ असार ४ गते २२:१४

Advertisement

अमेरिकामा गोली लागि मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् ।

गत जेठको अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उहाँकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनको गुनासो छ ।

अन्त्येष्टिका लागि उनीहरुका बुबा निरबहादुर खाती दम्पतीले प्रयास गरे पनि जान नपाएका वडाअध्यक्ष होपबहादुर नेपालीले बताउनुभयो । “मृतक सन्तोष परियारको कान्छा भाई सुवास परियार अमेरिकी सेनामा हुनुहुुन्छ । यताबाट बुबाआमा अन्त्यष्टिका लागि जान खोज्नुभएको थियो तर दूतावासमा कागजात मिलेको छैन”, उहाँले भन्नुभयो, “अब सेनामा रहेको भाइले नै काजकिरिया गर्नुपर्ने भयो ।”

सन्तोष पहिले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत हुनुहुन्थ्यो । करिब १२ वर्ष दूतावासमा जागिर खाएपछि आठ वर्षअघि उहाँ जहान परिवारसहित अमेरिका जानुभएको थियो ।

Advertisement

गत जेठ २२ गते उहाँहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ ब्लकमा रहेको अपार्टमेन्टमा गोली लागि हत्या भएको अवस्थामा फेला परेको पालुङटार नगरपालिका– ८ का वडाअध्यक्ष होपबहादुर नेपालीले बताउनुभयो । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको नेपालीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री