बुधबार, ४ असार २०८२

दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकार ५ हजार धरौटीमा रिहा

समयपोष्ट २०८२ असार ४ गते १६:४७

Advertisement

जिल्ला अदालत काठमाडौंले तीनकुनेमा गत चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुधवार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्य अन्तर्गत भिडियो खिचेका हुन् भन्ने ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नरहेको निर्णय सुनाएको हो। दाहाललाई राज्यविरुद्धको कसुरसहित विभिन्न आरोप लगाइएको थियो।

दाहालले प्रमुख अभियुक्त दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए, जुन भिडियोहरू घटनाको अनुसन्धानका लागि समेत प्रयोग भएका छन्। थुनछेक बहसका क्रममा दाहालले आफू समाजमा आतङ्क फैलाउने गतिविधिमा संलग्न नभएको र समाचार सङ्कलनकै क्रममा ती दृश्यहरू रेकर्ड गरी सार्वजनिक गरेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री