हिमालयन बैंकको न्यूरोड शाखा–२ ठमेलमा स्थानान्तरण
समयपोष्ट
२०८२ जेठ २५ गते १३:४७
हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं. २७, ठमेलस्थित संचय कोष भवनमा मिति २०८२ जेष्ठ २५ गतेदेखि “ठमेल शाखा” नामकरणसहित सञ्चालनमा ल्याएको छ। उक्त शाखाले सम्पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्नेछ।
शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उच्चपदस्थ कर्मचारीहरू र अतिथिहरूको उपस्थितिमा गर्नुभयो।
हाल हिमालयन बैंकले देशभर १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टरहरू, २८६ एटिएमहरू, ८,००० भन्दा बढी पिओएस टर्मिनलहरू र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूमार्फत ग्राहकहरूलाई विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।
प्रतिक्रिया