शुक्रबार, १३ असार २०८२

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच रणनीतिक साझेदारी : दिगो विकास र सञ्चालन प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य

समयपोष्ट २०८२ असार १३ गते १४:२२


लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन दक्षता वृद्धि र दिगो विकासको यात्रालाई तीव्रता दिन इन्टरनेशनल फाइनान्स कोअपरेशन (आईएफसी) सँग रणनीतिक परामर्श साझेदारीमा हस्ताक्षर गरेको छ।

Advertisement

यो साझेदारीले बैंकको सूचना प्रविधि, बजार रणनीति, कर्जा व्यवस्थापन, र सञ्चालन जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्तीय क्षेत्रको प्रवर्द्धनमा पनि विशेष जोड दिइनेछ।

यो सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसनल ग्रुप अपस्टिम एण्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

यो रणनीतिक साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधारलाई थप बलियो बनाउनुका साथै जोखिम व्यवस्थापनमा सुधार र ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिंदै बैंकको प्रतिबद्धतालाई सुदृढ गरेको छ।

यो पहलले बैंकलाई वित्तीय क्षेत्रमा नवप्रवर्तन र दिगो विकासको नेतृत्व गर्ने बाटोमा अघि बढाउने अपेक्षा गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री