सोमबार, १६ असार २०८२

नबिल बैंकको ‘नबिल ग्रीन विक’ : दिगो बैंकिङको पाँचौं वर्ष प्रवेश

समयपोष्ट २०८२ असार १६ गते ९:०१

Advertisement

नबिल बैंकले आफ्नो ‘नबिल सस्टेनेबल बैंकिङ’ कार्यक्रमको पाँचौं वर्ष प्रवेश गरेको अवसरमा असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना गर्ने भएको छ। दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकता दिँदै बैंकले विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग सहकार्यमा यो साताव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो।

नबिल ग्रीन विकको मुख्य आकर्षण वेबिनार शृङ्खलाहरू हुनेछन्। यी वेबिनारमा नबिल बैंकका विज्ञहरूका साथै जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिहरू सहभागी हुनेछन्। वातावरण, समाज र सुशासन (ईएसजी) सिद्धान्तमा आधारित छलफलहरू सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन, दिगो कृषि र वातावरणमैत्री लगानीका विषयमा केन्द्रित हुनेछन्। यी कार्यक्रमले ज्ञान आदानप्रदान र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी) लाई आत्मसात गर्दै वातावरण, समाज र सुशासनका सिद्धान्तलाई आफ्नो रणनीतिको मुख्य आधार बनाएको छ। बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकार संरक्षण र नैतिक सुशासनलाई प्राथमिकता दिँदै कार्बन फुटप्रिन्ट न्यूनीकरण, उत्तरदायी लगानी र वित्तीय साक्षरता विस्तारमा जोड दिएको छ।

नबिलले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङ मापदण्डअनुसार नवीकरणीय ऊर्जा परियोजनामार्फत ११,१७२ टन ग्रीनहाउस ग्यास उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याएको छ। यसले २१ जिल्लाका ३७ नदीमा सञ्चालित ३,०७० मेगावाट क्षमताका ४३ जलविद्युत् परियोजनामा लगानी गरेको छ। कृषि क्षेत्रमा ४५.३८ अर्ब, ऊर्जा क्षेत्रमा ३१ अर्ब र साना तथा मझौला उद्योगमा २५.०१ अर्ब लगानी गरी ४६,००० भन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष लाभ पुर्‍याएको छ। कर्जा प्रवाहमा ४२.३६% विद्युतीय सवारीमा लगानी गरेको छ। ७,५९० जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिपमार्फत ९०१ प्रशिक्षार्थीले तालिम प्राप्त गरेका छन् भने १३३ उद्यम स्थापना गरी १,२०० रोजगारी सृजना भएको छ।

Advertisement

नबिलले १३ शाखा र भवनमा नवीकरणीय ऊर्जा प्रणाली जडान गरेको छ भने केन्द्रीय कार्यालयमा वर्षाको पानी संकलन प्रणालीमार्फत वार्षिक २,६२,८०४ लिटर पानी संकलन गर्दै आएको छ। डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रिय रहँदै हाल १६ लाख ८,८२६ प्रयोगकर्ता एनबैंकमा आबद्ध छन्।

‘वुमन इन मोसन’, ‘यु म्याटर युअर भ्वाइस म्याटर’, ‘घर त नेपाल’ र ‘दिगो पाइला’ जस्ता अभियानमार्फत सामाजिक प्रभाव विस्तार गरेको छ। नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाजस्ता वातावरणमैत्री उत्पादनहरू ल्याएको छ।

नबिल बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सेवाको नेतृत्व गर्दै आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा जोड दिएको छ। ‘नबिल ग्रीन विक’ ले दिगो विकास र वातावरण संरक्षणमा नबिलको प्रतिबद्धतालाई थप उजागर गर्नेछ। यो कार्यक्रमले सरोकारवालाहरूलाई एकजुट गरी दिगो भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री