आइतबार, १५ असार २०८२

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख सहयोग

समयपोष्ट २०८२ असार १५ गते १६:३६

Advertisement

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी विकास कोषलाई रु. १० लाख सहयोग प्रदान गरेको छ।

यो रकम कोषद्वारा सञ्चालित वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री र आगन्तुकका लागि सुविधा विस्तार तथा पैदलमार्ग निर्माण र मर्मतसम्भारका लागि प्रयोग गरिनेछ।

सहयोग हस्तान्तरण समारोहमा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार र प्रविधि) राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव श्री सानुराजा शाक्यलाई औपचारिक रूपमा रकम हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सल, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र कोषका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो।

Advertisement

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ र संस्कृति तथा सम्पदा संरक्षणका लागि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय छ। हाल बैंकका १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री