आईपुग्यो नेपाल वायुसेवाको विमान ‘अन्नपूर्ण’
नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान काठमाडौँ आइपुगेको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान आज नेपाल आइपुगेको हो ।
निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।
१८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।
विमानले व्यवसायीक उडान आगामी अगस्त १ देखि गर्ने जनाएको छ । विमान केही समय हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ ।
निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ । दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ ।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् । २०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो ।
प्रतिक्रिया