शुक्रबार, १६ चैत २०८०

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

समयपोष्ट २०७५ असार ८ गते १०:१६

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ ।

Advertisement

आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।”

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।

महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुन्छ बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उहाँ आज बुटवल आउनुभएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री