बुधबार, १२ वैशाख २०८१

कांग्रेस भेलामा चन्द र सिलवालको किन भयो खोजी ?

समयपोष्ट २०७५ असार ७ गते १०:२७

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी भएको छ । भेलामा तत्कालिन डिआइजीद्धय जयबहादुर चन्द र नवराज सिलवालको खोजी भएको हो ।

Advertisement

भेलामा धादिङ काङग्रेसका सभापति रमेस धमलाले तत्कालिन काङग्रेस नेतृत्वको सरकारका पालामा नेपाल प्रहरीको आइजीपी नियुक्ति विवादमा सभापति देउवा र अर्का नेता विमलेन्द्र निधी मुछिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

उनले सभापति देउवाले जयबहादुर चन्द र निधीले सिलवाल बोकेको तर, पार्टी संगठन र काङग्रेस नेता कार्यकर्तालाई नहेरेको भन्दै अहिले उनीहरु कहाँ छन् भनेर प्रश्न गरेका थिए ।

‘तपाईहरुलाई पैसा भए हुने, अहिले नवराज सिलवाल कहाँ छन् ? जयबहादुर चन्द अहिले तपाईसँग छन् ?’ धमलाले भने ‘ हिजो तपाईहरुले बोकेका व्यक्ति तपाईसँग छैनन् ।’

उनले अघि भने, ‘महाअभियोग प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिएको मान्छे अँध्यारो कोठाभित्र बसेर कतिमा मिलेर फिर्ता गर्नुभयो र ’

यसैगरी जारी भेला जिल्ला सभापतिहरुले बोल्ने क्रम लम्बिएपछि निर्धारित मितिभन्दा एक दिन बढी लम्बिने भएको छ । विहीबार दिउँसो ३ बजेसम्म ७६ मध्ये ५६ जना जिल्ला सभापतिहरुले मात्रै धारणा राखेका छन् । अझै धेरै सभापतिहरुले बोल्न बाँकी रहेकाले भेलाको समापन भोलिमात्रै गरिने काङग्रेस केन्द्रीय समितीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री