मंगलबार, ११ वैशाख २०८१

पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपतिसंग भेट

समयपोष्ट २०७५ असार ७ गते ७:४०

प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ ।

Advertisement

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको भ्रमणमा रहनु भएका जनरल हायातले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंग पनि मंगलबार रक्षा मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

निर्देशनालयका अनुसार बुधबार जनरल हायातले पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको पनि भ्रमण गर्नुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री