बिहीबार, १५ चैत २०८०

भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

समयपोष्ट २०७५ असार ७ गते ६:०७

पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ ।

Advertisement

सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो ।

सरकारी कार्यालयमा सुशासन तथा पारदर्शीता कायम गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

जिल्लाका सबै सरकारी कार्यालयले जनताको आवश्यकतालाई मध्यनजर गरी छिटो र छरितो रुपमा प्रभावकारी सेवा प्रदान गर्नु यो अभियानको मुख्य लक्ष्य रहेको छ ।

सेवाग्राहीलाई कार्यालयबाट दिइने सेवामा बिचौलियाको पहुँच नपुगोस् भन्ने उद्देश्यले सरकारी कार्यालयको कार्यसम्पादन कक्षमा बिचौलियालाई प्रवेशसमेत रोक लगाउन सबै कार्यालयमा निर्देशन दिइसकिएको प्रमुख जिल्ला लामिछानेको भनाइ छ ।

यसरी सरकारी कार्यालयमा ‘ भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिपछि यस कामको सर्वसाधारण पाउने सेवामा थप सहजता भएको अपेक्षा गरिएको छ । पश्चिम नवलपरासीमा सात वटा स्थानीय तहसहित करीब ३० वटा सरकारी कार्यालय रहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री