शुक्रबार, १४ वैशाख २०८१

पूर्वयुवराज पारस शाह एक्कासी गोरखामा !

समयपोष्ट २०७५ असार ६ गते ११:४३

गणतन्त्र स्थापनापछि पूर्वयुवराज पारस शाह पहिलो पटक गोरखामा देखा परेका छन् । मंगलबार मनकामना मन्दिरका पूजा गरेका शाहले बुधबार गोरखा कालिका र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । तत्कालिन शाह वंशिय राजाहरुले कुल देवी कालिका र इष्ट देवताको रुपमा गोरखनाथलाई लिने गरिन्छ ।

Advertisement

गोरखा पुगेर शाहले गोरखा संग्राहालयको अवलोकन गर्नुका साथै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । उनले गोरखा संग्राहालय परिसरमा रहेको पुरातात्वीक सामानहरुको बारेमा जानकारी लिए । हातहतियार कक्ष, शाह वंशिय राजाहरुको परिचय कक्षामा उनले निकै बेर समय बिताए ।

धार्मिक उद्देश्यका साथ शाह गोरखा पुगेको स्थानीय होम सिंह बस्न्याताले जानकारी दिए । शाहलाई समर्थकले पन्चेबाजा र मोटरसाइकल र्‍याली सहितगोरखा दरबार पुर्‍याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री