शनिबार, ८ वैशाख २०८१

शाहरुखकी छोरी सुहाना प्रेममा !

समयपोष्ट २०७५ असार ६ गते १०:१८

सुहाना खान एक तस्वीरका कारण निकै चर्चामा छिन् । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले तस्वीरमा एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् ।

Advertisement

यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको भान हुन्छ ।

सुहानाको फ्यान पेजमा यो श्यामश्वेत तस्वीर सार्वजनिक भएको हो । फोटोको क्याप्समा ‘इद मुबारक टु एभ्रिवान’ लेखिएको छ । साथै यो कुनै पार्टीमा सुहानाले आफ्नो साथीसँग खिचेको जनाइएको छ ।

तस्वीरमाथि विभिन्न टिप्पणीहरु आइरहेका छन् । कतिपयले सुहाना प्रेममा परेको हुन सक्ने आशंका गरेका छन् भने धेरैले कुनै पुरुषलाई अंगालो मार्दैमा प्रेम परेको मान्न नसकिने तर्क गरेका छन् । यसमा सुहानाको प्रतिक्रिया भने आएको छैन ।

मुम्बईमा धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा पढेकी सुहाना अहिले लन्डनको आर्डिन्ली कलेजमा पढिरेहकी छन् । यी युवक सोही कलेजका साथी भएको बताइएको छ ।

सुहाना भारतीय मिडियाले अत्यधिक पछ्याइरहेकी स्टार किड्समा पर्छिन् । उनी चाँडै फिल्ममा आउन सक्ने अड्कल पनि काटिएको छ । अभिनयबाहेक उनको रुची खेलकुदमा पनि छ ।

बाबु शाहरुखले छोरीलाई फिल्म वा खेलकुद जहाँ करिअर बनाउन चाहे पनि आफूले सहयोग गर्ने बताउँदै आएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री