सिटिजन्स बैंकले गर्यो विद्यालयलाई दुई लाख रुपैयाँ सहयोग
सिटिजन्स बैंक इन्टरनेसनलले श्री बाल बिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। बैंकले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तर दायित्व अन्तर्गत दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको हो ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ।
विद्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले, सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा राखेका थिए।
अब निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने पनि उनले दावी गरे।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ सेवाबाट तीन लाख ३५ हजार बढी ग्राहकलाई बैंकिङ सेवा दिदै आएको छ।
प्रतिक्रिया