कामना सेवा विकास बैंक र ट्रयांक्युलिटी स्पाबिच सम्झौता
समयपोष्ट
२०८० असार ३ गते २१:०१
कामना सेवा विकास बैंक र ट्रयांक्युलिटी स्पाबिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले ट्रयांक्युलिटी स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज थेरापी तथा स्यालोन सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न गर्नसक्छन् । साथै, सदस्यता लिनुभएका बैंकका ग्राहक महानुभावहरुलाई कउब ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया