सोमबार, ३० असार २०८२

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबिच एम्जी इलेक्ट्रिक भेहिकलको लागि कर्जा दिने सम्झौता

समयपोष्ट २०८० असार १ गते १६:००

Advertisement

प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धकसचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्धारा आयात गरिएको एम्जी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री