बुधबार, १२ वैशाख २०८१

बाइस बीमा कम्पनीलाई कारबाही

समयपोष्ट २०७९ असार ९ गते १६:३४

Advertisement

बीमा समितिले बाइस वटा बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ ।

समितिले समयमै लेखापरीक्षण नबुझाएको भन्दै १८ वटा जीवन बीमा, ३ वटा निर्जीवन बीमा र एक पुर्नबीमा गरी कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

समितिले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिविदन समयमै पेश नगरेको भन्दै जरिवाना सहित कारबाही गरेको हो ।

समितिले १० वटा कम्पनीलाई प्रति कम्पनी १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई प्रति कम्पनी १० हजार ५०० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

समितिले नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एशियन लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रुपैयाँको दरले जरिवाता तिराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री