शुक्रबार, १४ वैशाख २०८१

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग बन्ने : अध्ययनका लागि छुट्टियो ५० लाख

समयपोष्ट २०७९ असार ८ गते १२:३३

Advertisement

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।

लोकमार्ग बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटीसम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु. ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिनुभयो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो ।

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गर्नुभएको थियो । आगामी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा सुरुङमार्ग बनाउदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री