सोमबार, १३ असार २०७९

सेन्ट लरेन्सका बिद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षकलाई थुनामा पठाउन आदेश

समयपोष्ट २०७९ असार ७ गते २१:२३

 

Advertisement

जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री