गगनको क्षेत्रबाट युवा इन्जिनियर पोखरेलले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता गगन थापाको क्षेत्रबाट इन्जिनियर आकर्षण पोखरेलले प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएका छन् ।

पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री