शुक्रबार, १६ चैत २०८०

५१ कम्पनीको नाम सार्वजनिक प्रति सिबिफिनको आपत्ती

समयपोष्ट २०७८ असार ३ गते २१:४३

Advertisement

सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नियामक निकायको काम बजारमा अवाञ्छित क्रियाकलाप हुन नदिनु र त्यसलाई नियमन तथा नियन्त्रण गर्नु बोर्डको कर्तव्य भएपनि कम्पनीको पहिचान र प्रतिष्ठामाथि नै आच पु¥याउने काम गर्नु नभएको भन्दै विरोध जनाएको हो ।

पछिल्लो पटक धितोपत्र बोर्ड मार्फत सार्वजनिक भएका ५१ कम्पनीहरुले अहिले सोही नियति व्यहोरिरहेको र सो प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ ।

यसले सेयर बजारको सन्तुलन र आम लगानीकर्ताहरु समेत प्रभावित भएको भन्दै परिसंघले नियामक निकाय धितोपत्र बोर्डलाई संयमित हुन आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डले गत मंगलबार सेयर बजारमा चलखेल गरेर कम्पनीको सेयर मूल्य बढाएको आरोप लगाउदै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । यसलाई लिएर अहिले बजारमा बोर्डको तिब्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री