शनिबार, १५ वैशाख २०८१

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच बीमा सेवा सम्झौता

समयपोष्ट २०७६ जेठ १६ गते १५:४२

Advertisement

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आई।एम।ई। बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।

यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ।

सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक र बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरे।

यस सम्झौतासंगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आईएमई बैंकका सम्पुर्ण शाखाहरुबाट खरिद गर्न सकिने सस्थानले जनाएको छ। यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने सस्थानको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री