बिहीबार, ६ वैशाख २०८१

एभरेष्ट इस्योरेन्सको ३०० प्रतिशत हकप्रद खुल्यो

समयपोष्ट २०७६ जेठ १४ गते १३:३७

Advertisement

एभरेष्ट इस्योरेन्स कम्पनीले आजदेखि चुक्ता पूँजीको ३०० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । कम्पनीले वैशाख ८ गतेसम्म कामय शेयरधनीहरुका लागि एक कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरेको हो।

कम्पनीले असार १६ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने धितोपत्र निष्काश तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। प्रति कित्ता १०० रुपैयाँको दरमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरे सँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद शेयरको लागि आवेदन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सम्पुर्ण शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट दिन पाइने छ।

कम्पनीले यस अगाडि चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गरेर संस्थापक तर्फ ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशतको शेयर संरचना बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री