शुक्रबार, ७ वैशाख २०८१

वीरगञ्जमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

समयपोष्ट २०७६ जेठ १ गते १६:२०

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले वीरगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरे ।

२०६४ साल चैत २० गते कम्पनी रजिष्टारमा दर्ता भई २०७४ साल माघ २४ गते बीमा समितिबाट १९औं निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार शुरू गरेको यस कम्पनीले देशभरमा १५ स्थानमा बीमा काउण्टर खोली कारोबार गरिरहेको छ ।

समुद्धघाटन कार्यक्रममा कम्पनीका डेपुटी सीईओ सुरेन्द्र थापाले वीरगञ्ज आर्थिक नगरी भएकाले यो शाखा फलदायी हुने र वीरगञ्ज महानगरलगायत औद्योगिक प्रतिष्ठानसँगै गाउँशहरमा पनि यस कम्पनीले कारोबार गर्ने लक्ष्य लिएको बताए ।

कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको सभापतित्व र वीरगञ्ज क्षेत्रीय शाखाका प्रबन्धक हुलास यादवको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले निर्जीवन बीमाको शिक्षा गाउँगाउँसम्म नपुगेको बताए ।

उनले बीमा कम्पनीले व्यापारीले आयात गर्ने सामानको रिस्क नलिने गर्ने भएकाले करोडौँको बीमा विदेशी कम्पनीसँग गराउनुपर्ने बाध्यता रहेको औँल्याए । उनले बीमा क्षेत्रमा पनि सिण्डिकेट लागू रहेकाले सबै बीमा कम्पनी मिलेर न्यूनतम दररेट र अनलाइन कारोबार पारदर्शी भएर गरे भने राम्रो हुने सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री