शनिबार, ८ वैशाख २०८१

राजकुमार कार्की ‘मोटो ट्रयाक २’ को विजेता घोषित

समयपोष्ट २०७६ वैशाख २९ गते १५:२४

Advertisement

डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की घोषित भएका छन् ।

शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप घोषित भए ।

मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको सो प्रतियोगितामा २५० सिसी सम्मका डर्ट बाइक कुदाइएका थिए । प्रतियोगितामा २२ जना राइडरहरुको सहभागिता थियो ।

पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । मोटर स्पोर्ट्स नेपालले गत वर्ष पहिलो पटक मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो । हाल यसको दोस्रो संस्करणको रुपमा मोटो ट्रयाक २ को आयोजना गरिएको हो ।

सो प्रतियोगितालाई नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री