
नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार संघीय संसदको अर्थ समितिले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको बताए ।
अहिलेसम्म संघीय सरकारले पुँजीगत बजेटको ३७ प्रतिशत खर्च भएको र जसमा प्रदेश सरकारले १२ प्रतिशत मात्रै खर्च गरेको तथ्यांक प्रस्तुत गर्दै गभर्नर नेपालले पुँजीगत खर्च बढाउनुको विकल्प नरहेको औंल्याए ।
सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण बैंकिङ क्षेत्रले लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेलेको भन्दै गभर्नर डा. नेपालले
भने,‘सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण वित्तीय प्रणालीले तरलताको अभाव झेलिरहेको छ, वित्तीय प्रणालीमा तरलता नहुँदा आर्थिक गतिविधिहरु सोचेअनुसार बढ्न सकेका छैनन्,’ ।
गभर्नर नेपालले दीगो आर्थिक विकासका लागि सुशासन र उत्पादनमा जोड दिनुपर्ने बताए । उनले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।










प्रतिक्रिया