बिहीबार, १३ वैशाख २०८१

कामनासेवा र महालक्ष्मी लाईफबीच संस्थागत अभिकर्ता संझौता

समयपोष्ट २०७६ वैशाख २२ गते १६:३३

Advertisement

कामनासेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

काठमाण्डौ ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री