शुक्रबार, १६ चैत २०८०

विवाह मण्डपमै पब्जी खेलिरहेका थिए बेहुला, उपहार दिदाँ मोवाइल छेकिएपछि देखाए यस्तो हर्कत (भिडियो)

समयपोष्ट २०७६ वैशाख २२ गते ११:३१

Advertisement

 

भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ ।  तर भारतकै एक स्थानको एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ  आफ्नै विवाह समारोहमा समेत बेहुलाले कसैको प्रवाह नगरी मोवाइमा पब्जी खेलिरहेका छन् ।

विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा ती बेहुलामा कति पब्जी खेलको लत छ भन्ने प्रष्ट देख्न सकिन्छ । सारा मानिसलाई वेवास्ता गर्दै पब्जी खेलिरहेका छन् । उनले आफ्नो छेउमा बसेकी बेहुलीलाई समेत ध्यान दिएका छैनन् ।

टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री