आइतबार, ११ साउन २०८२

गणपति माइक्रोफाइनान्सको आईपिओ बाँडफाँट

समयपोष्ट २०७६ वैशाख २० गते ११:५३

गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण शेयर बाँडफाँट भएको छ ।

माइक्रोफाइनान्सले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको साधारण शेयर आज बाँडफाँट गरिएको हो । माइक्रोफाइनान्सको आईपिओ ३१ हजार ३०८ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गरेका छन् भने २ लाख ९१ हजार ३ सय १ आवेदकको हात खाली भएको छ ।

माइक्रोफाइनान्सको आईपिओमा ३ लाख २२ हजार ६ सय ९ आवेदकबाट ६५ लाख ७१ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ७ सय जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।

माइक्रोफाइनान्सले ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री