मंगलबार, १३ जेठ २०८२

प्रधानमन्त्री ओली मौसम विभागको कार्यालयमा

समयपोष्ट २०८२ जेठ १३ गते १८:१५

Advertisement

वर्षायाम नजिकिँदै गर्दा संभावित मौसमजन्य विपतहरूको जोखिमलाई न्यूनीकरण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागको कार्यालयमा पुगेर विभागको तयारीबारे प्रत्यक्ष जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीले वर्षा सुरु हुनु अगावै आवश्यक पूर्वतयारीहरू सुनिश्चित गर्न निर्देशन दिएका छन्। विभागले मनसुनको प्रबेश, वर्षाको अनुमान, तथा सम्भावित बाढीपहिरोको जोखिमबारे अध्ययन गरिरहेको जानकारी लिएका छन्।

अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सरकारले सम्भावित विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वसूचना प्रणाली, तालिम, र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्रीको भ्रमणले सम्बन्धित निकायहरूलाई अझ जिम्मेवार र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री