मंगलबार, १३ जेठ २०८२

योजना आयोगका उपाध्यक्ष र गभर्नरबिच भेटवार्ता, मौद्रिक नीतिबारे छलफल

समयपोष्ट २०८२ जेठ १३ गते १५:३६

Advertisement

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबिच मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भेटवार्ता भएको छ।

भेटवार्तामा उनीहरूबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध तथा कार्यान्वयनमा स्वतन्त्रता र सहकार्यबारे गहन छलफल भएको छ। दुबै नीतिलाई सँगसँगै कार्यान्वयनमा लैजाँदा एक–अर्कामा सहजीकरण गर्ने र समन्वय कायम राख्ने विषयमा पनि विचारविमर्श भएको योजना आयोगले जनाएको छ।

छलफलका क्रममा उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथमिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचना लगायतमा आयोगले अघि बढाएको सुधार प्रयासहरूको जानकारी गराएका थिए।

गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गर्दै लगानीको वातावरण निर्माण गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए। उनले यस्ता विषयमा आगामी दिनमा थप समन्वय र संवाद आवश्यक रहेको धारणा राखे।

Advertisement

छलफलमा कोभिड–१९ पूर्वको आर्थिक अवस्थाको पुनः स्थापनासँगै योजनाले लक्ष्य गरेका दिगो तथा समावेशी आर्थिक वृद्धिका मार्गहरूबारे पनि विचारविमर्श गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री