यातायात व्यवसायीद्धारा सात बुँदे मागसहित आन्दोलन घोषणा
सार्वजनिक यातायात क्षेत्रका प्रमुख व्यवसायी संघसंस्थाहरूले सात बुँदे मागसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन्।
उनीहरूले ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गरी सार्वजनिक यातायात क्षेत्र संकटमा परेको भन्दै सरकारलाई चेतावनी दिएका छन्। व्यवसायीहरूका अनुसार सार्वजनिक यातायात क्षेत्रमा करिब १३ खर्ब रुपैयाँको लगानी रहेको छ भने १५ लाख भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। तर हालको परिस्थितिले उक्त क्षेत्र जोखिममा परेको र व्यवसायी तथा मजदुर दुवै विस्थापनको अवस्थामा पुगेको उनीहरूको गुनासो छ।
प्रतिक्रिया