ब्रेक फेल भएको बस उपमेयरको घरमा पस्दा दुई जनाको मृत्यु

समयपोष्ट २०८२ जेठ १२ गते २१:५०

Advertisement

मकवानपुरको थाहा नगरपालिका–३ स्थित गोपाली गाउँमा सोमबार बिहान भएको बस दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार त्रिभुवन राजपथअन्तर्गत गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा–३–ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र छिरेपछि दुर्घटना भएको हो।

बसको ठक्करबाट ४० वर्षीय कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। बसले सडकमा हिँडिरहेका एक पुरुषलाई ठक्कर दिँदै उपमेयरको घरमा पसेको स्थानीयले बताएका छन्।

दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साह गम्भीर घाइते भएका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री