शुक्रबार, ३० जेठ २०८२

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

समयपोष्ट २०८२ जेठ २८ गते १४:२२

Advertisement

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको साइबर ब्युरोको अनुरोधमा अदालतले पाठकलाई पक्राउ गर्न अनुमति दिएको हो।
उनले सामाजिक सञ्जालमार्फत “टफ एक्स्प्लेनर” शृंखलामा प्रसारण गरेका सामग्रीलाई लिएर साइबर अपराधसम्बन्धी उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’ मार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले काठमाडौंको नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरेका थिए। साथै, उनले होटल शंकर समूह, व्यापारी दीपक भट्ट र प्रबन्ध निर्देशक शाहिल अग्रवालको नामसमेत समेट्दै विवादास्पद विवरण प्रस्तुत गरेका थिए।

त्यस्तै, पाठकले प्रधानमन्त्री रहेका बेला जयवीर देउवाको संलग्नतामा डायपर र सेनिटरी प्याडमा कर छुट दिने गरी दर हेरफेर गरिएको आरोप पनि उक्त कार्यक्रममार्फत लगाएका थिए।

Advertisement

साइबर ब्युरोका अनुसार ती सामग्री कपोलकल्पित तथा तथ्यहीन रहेको भन्दै उजुरी परेपछि अनुसन्धान थालिएको हो। प्रहरी प्रधान कार्यालयका एक उच्च स्रोतका अनुसार, ‘अदालतमा उजुरी परेपछि अनुसन्धानको चरणस्वरूप पक्राउ पुर्जी जारी भएको हो।’

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री