शिवम् सिमेन्टको ‘नो कम्प्रमाइजु’ क्याम्पेनको दोस्रो संस्करण सार्वजनिक
शिवम् सिमेन्टले आफ्नो लोकप्रिय ब्राण्ड क्याम्पेन ‘नो कम्प्रमाइजु’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ। “नो कम्प्रमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ” भन्ने जनचेतनामूलक सन्देशसहित सार्वजनिक भएको यो सिरिजले गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको अडानलाई थप बलियो बनाएको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी.सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीले “क्वालिटीको मामलामा नो कम्प्रमाइजु”, “गुणस्तरको पहिचान हो शिवम्”, र “भरोसा अटुट सम्बन्धको” जस्ता सशक्त नाराहरूमार्फत आफ्ना उपभोक्तासँग बलियो सम्बन्ध बनाउँदै आएको छ। गुणस्तरमा निरन्तरता र निष्ठाका कारण शिवम् सिमेन्ट सन् २०१९ मा सिमेन्ट क्षेत्रमा पहिलो पटक एनएस क्वालिटी अवार्डबाट सम्मानित भएको थियो।
दोस्रो संस्करण अन्तर्गत सार्वजनिक गरिएको क्याम्पेनको टिजर चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुतीमा तयार पारिएको थियो, जसले दर्शकहरूमा उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो। त्यसपछि सार्वजनिक भएको पहिलो विज्ञापन भिडियोमा एक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कुनै सम्झौता नगरेको दृश्यमार्फत शिवम् सिमेन्टको गुणस्तरप्रतिको प्रतिबद्धता सशक्त रूपमा प्रस्तुत गरिएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यो क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भमा आधारित अन्य विज्ञापन सामग्रीहरू पनि तयार भइसकेका छन्, जसलाई क्रमशः सार्वजनिक गरिँदै लगिनेछ।
यसअघि सञ्चालन गरिएको ‘नो कम्प्रमाइजु’ क्याम्पेनले अत्यधिक लोकप्रियता पाएको थियो। शिवम् सिमेन्ट केवल उत्पादनको प्रचारमा मात्र सीमित नरही सामाजिक सन्देश पनि प्रस्तुत गर्दै आएको छ। विशेषतः आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य र सिद्धान्तको मामिलामा सम्झौता गर्नु हुँदैन भन्ने गहिरो सन्देश बोकेका यी विज्ञापनहरूले दर्शकहरूमाझ गहिरो प्रभाव छोडेका छन्।
प्रतिक्रिया