शुक्रबार, ७ असार २०८१

बैंकिङ्ग समूह बढ्दा शेयर बजारमा हरियाली,

समयपोष्ट २०८१ जेठ ९ गते १६:३८

Advertisement

शेयर बजार निरन्तर बढ्दो क्रममा देखिएको छ। बैंकिङ्ग समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकको बृद्धि कायमै रहेको देखिन्छ।

बुधबार नेप्से सूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा पुगेको छ। बुधबार कारोबार रकम पनि बढेको छ। यस दिन ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

पछिल्लो समय लगानीकर्ताले समूह परिवर्तन गर्दै बजारमा लगानी बढाउन थालेको देखिन्छ। एकातिर कारोबार रकम बढ्दै गएको छ भने नेप्से सूचक पनि निरन्तर बढ्दो क्रममा छ। अहिले बैंकिङ्ग समूहमा पनि लगानीकर्ताको आकर्षण राम्रै देखिन्छ।

Advertisement

बुधबार बैंकिङ्ग समूहको सूचक सबैभन्दा धेरै ४.२३ प्रतिशतले बढेको छ भने होटल तथा टुरिजम उपसमूहको सूचक १.९० प्रतिशतले बढेको छ। यता फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ।

यस दिन सामुदायिक लघुवित्त र बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने एनएमबि बैंकको ८.४७ प्रतिशत र कृषि विकास बैंकको ७.०७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री