गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि प्रहरीले सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई धमाधम पक्रन थालेको छ । प्रहरीले बुटवल पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई शुक्रबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको हो । बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको हो ।
यस्तै बुटवल यातायात वयवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठ,काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकार,हेटौंडा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।









प्रतिक्रिया