सम्पादकीय तहमा पुग्न सकेनन् महिला

पुरुषको तुलनामा समान हैसियत भए पनि अझै पनि नेपाली सञ्चारगृहका महिला पत्रकार सम्पादकीय तहमा पुग्न नसकेको बताइएको छ ।

बुधबार यहाँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आयोजना गरेको ‘समाचार कक्षमा पत्रकार महिलाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा संस्थाका अध्यक्ष अमिका राजथलाले नेपालका सञ्चारगृहमा समान हैसियत भएका महिलाले पनि सम्पादकीय तहमा पुग्न नपाएको बताउनुभयो ।

Advertisement

उहाँले संयुक्त राष्ट्रसंघीय महासभाबाट सन् १९९३ मा घोषणा भएपछि मनाउन थालेको विश्व प्रेस स्वतन्त्रता दिवसको महत्व नेपालको परिप्रेक्ष्यमा बढी रहेको भए पनि महिलाको सहभागिता कमै रहेको बताउनुभयो ।

पत्रकारिता तथा प्रेस स्वतन्त्रताका आधारभूत मान्यता, विश्वस्तरमा भएका प्रेस स्वतन्त्रताको अवस्था मूल्यांकन, समाचार संकलन तथा समाचारकै कारण पत्रकारले खेप्नुपर्ने विभिन्न हिंसाका घटना, हिंसा तथा मृत्युवरण गर्न बाध्य भएका पत्रकारको सम्झनामा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा क्रियाशील पत्रकार महिलाका उपाध्यक्ष तथा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्यले समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व हुने हो भने थुप्रै संरचनागत परिवर्तन तथा सेवा, सुविधाका कुरामा सुधार गर्न सकिने बताउनुभयो ।

आफ्नो कार्यकालमा पत्रकार महिलाको वृत्तिविकासदेखि लिएर राष्ट्रिय समाचार समितिको भौतिक विकासमा समेत आफ्नो विशेष पहल रहेको उल्लेख गर्दै पत्रकार महिला पुरुष पत्रकारका तुलनामा कुनै पनि रुपमा कमजोर नरहेको आचार्यले स्पष्ट पार्नुभयो ।

Advertisement

कार्यक्रममा पत्रकार महिलाले आफ्नो अनुभव व्यक्त गर्नेक्रममा स्थायी गर्ने, बढुवा गर्ने, विभिन्न अवसर प्रदान गर्ने सवालमा पत्रकार महिला विभेदमा पर्ने गरेको गुनासो गरेका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री