बिहीबार, १३ वैशाख २०८१

ग्राहकको खाताबाट रकम हराएपछि यसो भन्छ माछापुच्छ्रे बैंक

समयपोष्ट २०८० जेठ ९ गते १९:२४

Advertisement

माछापुच्छ्रे बैंकले ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

रौतहटस्थित चन्द्रपुर शाखाबाट वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको ९ लाख रुपैयाँ हराएको थियो । सो विषयमा बैंकले सम्बन्धित ग्राहककै मोबाइल बैंकिङ्ग प्रयोग भई पैसा ‘ट्रान्सफर’ भएको अनुसन्धानबाट खुलेको स्पष्ट पारेको छ ।

बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एस.एम.एस., एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक कै मोबाइलमा गएको देखिएको पनि बैंकले दाबी गरेको छ ।

बैंकले ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री