शुक्रबार, ४ जेठ २०८१

सिटिजन लाइफको खुद नाफा बढ्यो

समयपोष्ट २०८० वैशाख १९ गते ९:१०

Advertisement

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा २.६० प्रतिशतले बढेर १५ करोड १ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

यस्तै कम्पनीको खुद बीमाशुल्क ३.७१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६१ करोड २३ लाख रुपैयाँ, बीमालेख धितोमा ४८ करोड १७ लाख रुपैयाँ लगानी गरी ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले २२ हजार ८७७ वटा बीमालेख जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री