मंगलबार, १४ असार २०७९

वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा संस्कृतिविद जोशीलाई सम्मान

समयपोष्ट २०७९ जेठ ९ गते २१:२६

Advertisement

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. २८ औँ वर्षमा प्रवेश गरेको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा अतुलनिय भूमिका निर्वाह गर्नुृभएका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उहाँको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच यस बैंकका संचालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उहाँको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताउनु भयो ।

२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

२८ औँ वर्षमा प्रवेश सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री