मंगलबार, २४ असार २०८२

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

समयपोष्ट २०७९ जेठ ९ गते २१:१५

Advertisement

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्।

जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो।

बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिदै छ। त्यससँगै रिक्त पदका लागि पूर्वतयारी गर्दै बैंकले उक्त जिम्मेवारीमा ढुंगानालाई ल्याउन लागेको हो।

ढुंगानाले आउँदो जुलाई १ (असार १७) बाट नबिलको सीईओको रुपमा पद बहाली गर्नेछन्।

Advertisement

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस दौरान उनले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका थिए। ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन्।
नेपालको अग्रणी बैंक बनेको नबिलमा सीईओ नियुक्त ढुंगाना नेपालका अनुभवी बैंकर मानिन्छन्। उनले तीन दशक यस क्षेत्रमा बिताइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री